परिचय :- पुर्वकर्म रयोग कार्यक्रमको माध्यमवाट स्वास्थ्य संस्थममा आउने सेवाग्राहीहरुको स्वास्थ्य प्रवर्धन गर्न यो कार्यक्रम शुरु गरिएको हो।

उदेश्य :- आयुर्वेद स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुको जाँच गरी योग र पुर्वकर्मको माध्यमवाट स्वास्थ्य संरक्षण प्रवर्धन तथा आवश्यक उपचार र उचित परामर्श दिने ।

अपेक्षित प्रतिफल :- यस सेवावाट विरामीहरु तथा सेवाग्राहीहरुको स्वास्थ्य संरक्षण, प्रवर्धन र पुनर्स्थापनामा सघाउ पुग्नेछ ।

कार्यक्रम सञ्चालन हुने स्थान जि.आ स्वा के तेह्रथुम ।

कार्यक्रम सञ्चालन विधि :-

पुर्वकर्म कार्यक्रम सञ्चालनको जानकारी सेवाग्राही तथा अन्य सर्वसाधरणलाई विभिन्न माध्यमवाट दिने ।

आयुर्वद स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई स्वास्थ्य जाँच गरी समस्याको पहिचान गरी आवश्यकता अनुसार योग र पुर्वकर्म सेवाको लागि सिफारिस गर्ने ।

पञ्चकर्म अन्तगर्त पुर्वकर्मको रुपमा आवश्यकता अनुसार स्नेहन, शिरोधारा, कटीवस्ति, ग्रीवावस्ति, नश्यकर्म आदी गर्ने ।

स्वेदनकर्मको लागि आवश्यक द्रव्य रोग अनुसार प्रयोग गर्ने ।

योग अन्तगर्त चिकित्सक एवम स्वास्थ्यकर्मीहरु द्वारा सिफारिस गरिने रोगा अनुसार स्वास्थ्य प्रवर्धन एवम पनर्स्थापनाको लागि तोकिएको मापदण्ड अनुसार सिफारिस गर्ने ।

पञ्चकर्म/पुर्वकर्म कार्यक्रम सञ्चालन गर्ने, रेकडिङ, रिपोर्टीङ लगायत सम्पुर्ण जिम्मेवारी अभ्यङ्गकर्तालाई दिने ।

लक्षित समुह :- आयुर्वेद स्वास्थ्य संस्थामा उपचारार्थ आएका सेवाग्राहीहरु ।

कार्यक्रम सञ्चालन हुने समय कार्यलय सञ्चालन रहने समयमा नियमितरुपमा ।