जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तेह्रथुम कोशि प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो। यस तेह्रथुम जिल्लाको कूल क्षेत्रफल ६७९ वर्गकिलोमिटर रहेको छ भने यहाँ २ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी जम्मा ६ वटा स्थानिय तहहरु रहेका छन्। यस जिल्लाको जनसंख्या १०१५०० जना २०७८ को जनगणना अनुसार रहेको छ। यस जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र को स्थापना २०६२ सालमा भएको थियो। यो कार्यालय म्याङलुङ्ग नगरपालिका वडा नं १ नारायण टोलमा अवस्थित छ। यस जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्वास्थ्य को बलियो आधारको रुपमा पुरानो माध्यम साथै भरपर्दो, विश्वासिलो तथा अभिन्न अंगको रुपमा रहेको छ।यो केन्द्रले आयुर्वेदको “स्वस्थस्य स्वास्थ्य रक्षणं, आतुरस्य विकार प्रशमनं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जनस्वास्थ्यमा योगदान पु-याउने उद्देश्यले स्थापना गरिएको हो।
तेह्रथुम जस्तो भौगोलिक रूपमा दुर्गम तर सांस्कृतिक रूपमा समृद्ध जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा पुर्याउन यस केन्द्रले गाउँ-गाउँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।यस कार्यालयको कार्यक्षेत्र तेह्रथुम जिल्ला भरि रहेको ।यस कार्यालयमा हाल २ जना चिकित्सक सहित जम्मा ८ जना कर्मचारी कार्यरत छन्।। यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, निःशुल्क आयुर्वेदिक औषधी वितरण, पंचकर्म सेवा (स्नेहन, स्वेदन, नस्य आदी, योग सेवा (उपचारात्मक तथा प्रबर्द्धनात्मक), प्याथोलोजी ल्याव सेवा, क्षार सुत्र सेवा, स्तनपाइ आमालाई दुग्ध वर्धक औषधि वितरण सेवा, जेष्ठनागरिक सेवा, सेवा, स्वास्थ्य जिवन परामर्स सेवा तथा निःशुल्क स्वास्थ्य शिविर संचालन, नागरिक आरोग्य अभियान कार्यक्रम संचालन तथा नेपाल सरकारबाट तोकिएका २३ थरीका आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तेह्रथुम, कोशी प्रदेश अन्तर्गतको एक महत्वपूर्ण आयुर्वेद स्वास्थ्य संस्था हो, जसले जिल्लाभित्रका बासिन्दाहरूलाई परम्परागत आयुर्वेदिक ज्ञान र आधुनिक स्वास्थ्य सेवाको संयोजनमार्फत सुलभ, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। ।यस केन्द्रले विगतका वर्षहरूमा विभिन्न स्वास्थ्य कार्यक्रमहरू गरी स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको छ। साथै, स्थानीय समुदाय, पालिका तथा प्रदेश सरकारसँग सहकार्य गर्दै समग्र आयुर्वेद सेवा सुदृढीकरणमा सक्रिय रूपमा संलग्न छ।